चैत्र ६, २०८० मंगलबार

भद्रपुरले खोप केन्द्र हटाएकोमा चौतर्फी विरोध

बिर्तामोड । झापाको भद्रपुर नगरपालिकाले खोप केन्द्र हटाएको विषयलाई लिएर चौतर्फी विरोध भएको छ । पर्याप्त खोप केन्द्र स्थापना गरेर नागरिकलाई सहजै खोप उपलब्ध गराउनुको सट्टा नगरपालिकाले मेची कोभिड हस्पिटलको खोप केन्द्र हटाएको सूचना प्रकाशित गरेको छ ।
जिल्ला प्रशासन कार्यालय झापालाई संम्बोधन गर्दै नगरपालिकाले मेची कोभिड हस्पिटलको खोप केन्द्र हटाइएको जनाएको छ । पत्रमा भनिएको छ, साउन १४ र १५ गतेको खोप कार्यक्रम वडा नं. १० मा मात्रै सञ्चालन गरिने छ । आदेश अनुसार भन्दै नगरपाकिलो आवश्यक सुरक्षा व्यवस्था मिलाईदिन जिल्ला प्रहरी कार्यालयलाई बोधार्थ पठाएको छ ।

बुधबार खोप कार्यक्रम सञ्चालनमा लक्षित उमेर बाहेकका नागरिकलाई समेत खोप लगाइएको विषयले विवाद भएको थियो । मेयर जीवन कुमार श्रेष्ठले समेत लक्षित उमेर बाहेककालाई खोप लगाएको आरोप छ । स्थानीय पत्रकार राजबाबु शंकरले भद्रपुर नगरपालिकाको खोप केन्द्र हटाउने विषय गलत भएको बताएका छन् । उनले मेची कोभिड हस्पिटलको केन्द्रबाट पनि खोप सञ्चालन गरिनुपर्ने बताए । शंकरले भने, मेयरको एकल निर्णयबाट खोप केन्द्र हटाउने निर्णय गर्नु निन्दनीय छ ।

प्रकाशित मिति : श्रावण १४, २०७८ बिहीबार  १० : ०६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]