जेष्ठ ९, २०८२ बिहीबार

पछिल्लो २४ घण्टामा थप ५५ जनाको मृत्यु, २५४८ जनामा कोरोना पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५४८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

९ हजार ३३ पीसीआर परीक्षण गर्दा २ हजार १३७ जना र ३ हजार ३४५ एन्टिजेन परीक्षण गर्दा ४११ गरी २ हजार ५४८ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ३९६ जना निको भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ५५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : श्रावण २४, २०७८ आईतबार  ४ : ४० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]