बैशाख ३१, २०८१ सोमबार

बिहीवारसम्मको मौसम पूर्वानुमान

मौसम विश्लेषण (Meteorological Analysis)

हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ।

हाल मौसमको अवस्था (Present Weather Status)

हाल देशका अधिकांश भूभागमा सामान्य देखी पूर्ण बदली रहेको छ साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरूमा वर्षा भइरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ श्रावण २६ गते (मंगलबार)

दिउँसोदेशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश र लुम्बिनी प्रदेश को एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

रातीदेशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १  र बाग्मती प्रदेशको एक वा दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

२०७८ श्रावण २७ गते (बुधबार)

दिउँसोदेशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश , गण्डकी प्रदेश र  लुम्बिनी प्रदेश को एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

रातीदेशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १  र प्रदेश नं २ को एक वा दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

२०७८ श्रावण २ गते बिहिबार)

दिउँसोदेशका अधिकाँश स्थानहरुमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश , गण्डकी प्रदेश र  लुम्बिनी प्रदेशका केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

रातीदेशका अधिकाँश स्थानहरुमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश , गण्डकी प्रदेश र  लुम्बिनी प्रदेशका केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

देशभर धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रही  प्रदेश १, लुम्बिनी प्रदेश र बागमती प्रदेशको एक वा दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले  पहाडी भू- भागमा भूक्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

प्रकाशित मिति : श्रावण २६, २०७८ मंगलबार  ७ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]