जेष्ठ १, २०८१ मंगलबार

बिरिङमा फेला परेको शवको पहिचान खुलेन

बिर्तामोड । बिरिङ खोलामा शव फेला परेको छ । झापा गाउँपालिका–५ मा स्थानीयले घोप्टो परेको अवस्थामा शव फेला पारेका हुन् । शव पूर्ण रुपमा सडिएको प्रहरीको भनाई छ ।

शव फेला परेपछि स्थानीय शरणमती प्रहरीलाई जानकारी गराइएको थियो । प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धानलाई अघि बढाएको झापा प्रहरीले जनाएको छ । शव सडिएको कारण पहिचान गर्न गाह्रो भएको छ । प्रहरीले प्रहरीले शवको पहिचानका लागि डिएनए तथा पोष्टमार्टमका लागि धरानस्थित घोपा पठाएको छ । शव आइतवार राती फेला परेको प्रहरीको भनाई छ ।
झापा प्रहरीका प्रवक्ता राकेश थापाले बिरिङ आसपासमा कोहि व्यक्ति हराएको भए सम्पर्क गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : श्रावण २६, २०७८ मंगलबार  १० : ५६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]