बैशाख २७, २०८२ शनिबार

मेस्सी पीएसजीमा अनुबन्धित : केही नयाँ उद्देश्य पूरा गर्न चाहेको भनाइ

काठमाण्डाै – अर्जेन्टिनाका  कप्तान लियोनल मेस्सी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन पीएसजीमा अनुबन्धित भएका छन् ।

बार्सिलोनासँग सम्झौता नवीकरण हुन नसकेपछि मेस्सी पीएसजीमा अनुबन्ध भएका हुन् । पीएसजीले मेस्सीलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो । पीएसजीमा अनुबन्धपछि बोल्दै मेस्सीले आफ्नो लक्ष्य र पीएसजीको भिजनमा समानता रहेकोे तथा उत्कृष्ट खेलाडीसँगै केही नयाँ उद्देश्य पूरा गर्न चाहेको बताएका छन् ।

३४ वर्षका मेस्सीले पीएसजीसँग दुई वर्षको सम्झौता गरेका छन् । सम्झौता थप गर्नका लागि विकल्प समेत दिइएको छ । मेस्सीले पीएसजीमा ३० नम्बरको जर्सी लगाउने छन् । ६ पटक बालोन डी ओर जितेका मेस्सीले केही दिन अघि बार्सिलोना छोडेका थिए । सम्झौताका लागि उनी हिजो पेरिस पुगेका हुन् । पेरिसमा उनलाई हजारौं समर्थकहरुले स्वागत गरेका थिए ।

प्रकाशित मिति : श्रावण २७, २०७८ बुधबार  ९ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]