जेष्ठ ९, २०८२ बिहीबार

मनसुन थप सक्रिय हुने

काठमाण्डाै – आज हिजोको भन्दा धेरै पानी पर्ने अनुमान गरिएको छ । काठमाण्डौ उपत्यकाका केही ठाउँमा दिउँसोपछि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

आज वाग्मती प्रदेश, प्रदेश १, प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो वर्षा हुने मौसमविद् सजिना शाक्यले बताउनुभयो । अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ । यस्तै, आज राति पनि प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशको एक दुई ठाउँमा मेघगर्जनसहित ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।

भोलिदेखि भने मनसुन थप सक्रिय हुने भएकाले धेरै ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । 

प्रकाशित मिति : श्रावण २७, २०७८ बुधबार  १० : ०० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]