नवनियुक्ति कार्यकारी निर्देशक घिसिङले गरे पदबहाली
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्ति कार्यकारी निर्देशक कुलमान घिसिङले पदबहाली गरेका छन् । बुधबार उर्जा मन्त्रालयबाट नियुक्तिपत्र बुझेपछि प्राधिकरणको केन्द्रीय कार्यालय पुगेर घिसिङले पदबहाली ग्रहण गरेका हुन् ।

गत सोमबार बसेको मन्त्रीपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई भने विशिष्ट श्रेणीसहित जल तथा उर्जा आयोगको पूर्णकालीन सदस्यमा चार वर्षका लागि नियुक्त गरेको छ ।