बैशाख २७, २०८२ शनिबार

नेयमार र एमबाप्पेसँग खेल्न पाउँदा धेरै खुसी छु – मेस्सी

एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड लियोनल मेस्सीले दुई स्टार खेलाडीसँग एकै क्लबबाट खेल्न पाउँदा धेरै खुसी लागेको बताएका छन्।

पीएसजीमा अनुबन्धित भएपछिको पहिलो पत्रकार सम्मेलनमा बोल्दै मेस्सीले नेयमार र केलियन एमबाप्पेजस्ता विश्वप्रसिद्ध खेलाडीसँग खेल्न पाउँदा आफुलाई निकै खुसी लागेको बताएका हुन् । ‘नेयमार र एमबाप्पेसँग खेल्न पाउँदा धेरै खुसी छु। म संसारकै सर्वश्रेष्ठ खेलाडीसँग खेल्दै छु। यो पागलपन हो र मलाई धेरै इर्ष्या लाग्यो तर, यो सधै राम्रो र उत्कृष्ट हुन्छ,’ मेसीले भने। उनले चाँडै ट्रेनिङ सेसनमा सहभागी हुने बताए।

३४ वर्षीय मेस्सीले पीएसजीसँग दुई वर्षको सम्झौता गरेका छन् । ६ पटकको बालोन डी ओर विजेता मेस्सी बार्सिलोनासँग सम्झौता नवीकरण गर्न असफल भएपछि पीएसजीमा आबद्द भएका हुन् ।

प्रकाशित मिति : श्रावण २७, २०७८ बुधबार  ७ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]