जेष्ठ ८, २०८२ बुधबार

कोरोनाले देवी माविका शिक्षक बाराकोटीको निधन

बिर्तामोड । झापाको बिर्तामोडस्थित देवी माविका शिक्षक अशोक बाराकोटीको निधन भएको छ । कोभिड संक्रमित बाराकोटीको उपचारका क्रममा शनिवार राती निधन भएको हो ।

बिर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचाररत शिक्षक बाराकोटीलाई घर लैजाने क्रममा निधन भएको देवीका अर्का शिक्षक उमेश शाहले जानकारी दिए । मेची अस्पताल, बिर्ता सिटी हुँदै उनलाई चार दिनदेखि विएण्डसीमा उपचार गर्दै राखिएको थियो । भद्रपुर रोडमा लामो समय अशोक पत्रपत्रिका समेत सञ्चालन गरेका बाराकोटी बिर्तामोड– १ मा बस्दै आएका थिए । उनी केहि वर्षदेखी फोक्सोको समस्याबाट पीडित थिए । परिवारका अनुसार ९ः३० बजे दाससंस्कार गर्ने तयारी गरिएको छ ।

प्रकाशित मिति : श्रावण ३१, २०७८ आईतबार  ७ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]