सिता रमेशलाई सुर्योदय क्वीजको उपाधि
बिर्तामोड । सुर्योदय क्वीज सिजन ५ को उपाधि झापाको बुद्धशान्तिमा रहेको सिता रमेश बहुमुखी क्याम्पसले जितेको छ ।
शनिबार भएको ग्रान्ड फिनालेमा सिता रमेश बहुमुखी क्याम्पसले उपाधी जितेको हो । यस्तै प्रतियोगितामा जनता बहुमुखी क्याम्पस इटहरी दोश्रो, मोडल कलेज दमक तेश्रो र महेन्द्र मेमोरीयल एकाडेमी दुहवी,सुनसरी र पथरी बहुमुखी क्याम्पस,मोरङ्ग सान्तवना भएका छन् ।

प्रतियोगिताको विजेताहरुले क्रमश ५०, हजार, २५ हजार, १५ हजार र १०–१० हजार रुपैयाँ प्राप्त गरेका छन् । विजेताहरुलाई ग्रान्ड फिनालेका प्रमुख अतिथि मेची बहुमुखी क्याम्पस भद्रपुरका प्रमुख जिवन पोखरेल र सूर्योदय टिभी एण्ड मिडिया प्रा.लिका अध्यक्ष मनोज उप्रेतीले पुरस्कार, प्रमाण पत्र र ट्रफी प्रदान गर्नु भयो ।
फागुन देखि शुरु भएको प्रतियोगितामा प्रदेश १ का झापा,मोरङ्ग,सुनसरी,इलाम,पाँचथर,ताप्लेजुङ्ग लगायतका जिल्लाबाट १ सय वटा कलेज सहभागी भएका थिए । कलेजमा प्लस टु तथा स्नातक तहमा अध्यनरत विद्याथीहरुले सहभागिता जनाएका हुन् ।
प्रतियोगिताको जुरी निर्णायककोरुपमा सूर्योदय टेलिभिजनकी प्रवन्ध निर्देशक विष्णु मैनाली उप्रेती,कार्यक्रम उत्पादन प्रमुख दिपेन भेटवाल र कार्यक्रम प्रस्तोता प्रेमराज घिमिरे रहेका थिए । विद्यार्थीमा भएको बौद्धिक क्षमतालाई प्रस्फुटन गर्ने मुख्य उदेश्यले प्रतियोगिताको आयोजना गरिएको कार्यक्रम संयोजक देवि गौतमले जानकारी दिए ।