जेष्ठ ८, २०८२ बुधबार

काबुल बाहेकका सबै प्रमुख सहर तालिबानको कब्जामा

काठमाडौँ । अफगानिस्तानमा काबुल बाहेकका प्रमुख सहरहरू तालिबानले कब्जामा लिइसकेको छ । आइतबार बिहान अफगानिस्तानको पूर्वी सहर जलालाबाद पनि तालिबान लडाकुले कब्जामा लिएको बीबीसीले उल्लेख गरेको छ ।

अब अफगानिस्तानको राजधानी काबुल मात्रै सरकारको नियन्त्रणमा छ । काबुल पनि तालिबान लडाकुले कब्जाका लागि प्रयास गरिरहेका छन् । तालिबान लडाकु काबुलबाट झन्डै ११ किलोमिटरको दुरीमा रहेको बताइएको छ ।

शनिवार थप दुई प्रमुख सहर कब्जामा लिन सफल भएको तालिबानले आइतबार बिहान जलालाबाद पनि नियन्त्रणमा लिएको बताइएको छ । शनिवार उत्तरी सहर मजार–ए–शरिफमाथि कब्जा जमाएको थियो ।

अफगानिस्तानको सेनाले विफलता प्राप्त गरेसँगै राष्ट्रपति अशरफ गनीमाथि राजीनामा गर्न दबाब बढिरहेको छ ।

प्रकाशित मिति : श्रावण ३१, २०७८ आईतबार  १२ : २१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]