दल विभाजन अध्यादेशविरुद्ध अनेरास्ववियुले विरोध जुलुस निकाल्ने
काठमाडौं– नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले सरकारले ल्याएको राजनितिक दल सम्बन्धी अध्यादेशविरुद्ध प्रदर्शन गर्ने भएको छ ।
अनेरास्ववियुले जनविरोधी लोकतन्त्रविरोधी र दलिय व्यवस्था विरुद्धको राजनितिक दल सम्बन्धी अध्यादेशको विरुद्धमा आज प्रदर्शन गर्ने भएको हो ।
आज ५ बजे भृकुटीमण्डपबाट अनेरास्ववियुले विरोध जुलुस निकाल्ने संगठनका अध्यक्ष एन महरले जानकारी दिनुभयो । उहाँले विरोध जुलुसमा सहभागी हुन अनेरास्ववियुका विद्यार्थी नेताहरूलाई अपिल पनि गर्नुभएको छ ।
साथै, अनेरास्ववियुले देशैभरी विरोध गर्न मातहत जिल्ला कमिटिहरूलाई निर्देशन दिएको छ ।