झापामा १८ हजार बढि कोरोना संक्रमित डिस्चार्ज
बिर्तामोड । झापामा कोरोना संक्रमतिको संख्या २१ हजार ८२ जना पुगेको छ । आज मात्रै जिल्लामा १८८ जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय झापाका अनुसार हालसम्म १८ हजार ३ सय १४ जना डिस्चार्ज भइसकेका छन् ।
कोरोनाका कारण जिल्लामा ५२२ जनाको मृत्यू भएको छ । आज मात्रै १ जना संक्रमितले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा ४१ वर्षीय पुरुष रहेका छन् । आज सबैभन्दा धेरै दमकमा ५९ जना,बिर्तामोडमा २२ र अर्जुनधारामा २५ जनामा कोरोना पुष्टि भएको छ । बुधबार २६८ जना डिस्चार्ज भएका छन् । झापा, बाह्रदशी,कचनकवल र गौरीगञ्जमा संक्रमितको संख्या शूण्य छ ।