जेष्ठ ३, २०८१ बिहीबार

आज १५ औं राष्ट्रिय सूचना दिवस मनाइँदै

काठमाण्डाै – आज १५ औं राष्ट्रिय सूचना दिवस, सूचनाको हकसम्बन्धी ऐन लागू भएको दिनको सम्झनामा यो दिवस मनाइँदै छ । २०६४ साल साउन ५ गते सूचनाको हकसम्बन्धी ऐन प्रमाणीकरण भइ भदौ ३ गतेदेखि कार्यान्वयनमा आएको थियो ।

कोरोना महामारीका कारण यसपालि दिवसका अवसरमा कुनै औपचारिक कार्यक्रम हुने छैन । सङ्घीय शासन प्रणालीमा सूचनाको हक महत्त्वपूर्ण छ । सूचनाको हकको प्रभावकारी कार्यान्वयनबाट मात्र सार्वजनिक निकायलाई पारदर्शी, नागरिकप्रति जिम्मेवार, उत्तरदायी र जवाफदेही बनाउन सकिन्छ ।

दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले सत्यतथ्य र आधिकारिक सूचना मात्र प्रवाह गर्न आग्रह गर्नु भएको छ । सूचनाको हकको कार्यान्वयनबाट सुशासन कायम गरि नागरिकलाई सुसूचित र सक्षम बनाउन सकिनेमा पनि प्रधानमन्त्री देउवाको विश्वास छ ।

यस्तै, राष्ट्रिय सूचना आयोगले कोरोना महामारी नियन्त्रणका लागि सरकारकातर्फबाट भए गरेका प्रयास र योजनालाई नागरिकसम्म पुर्याउन आग्रह गरेको छ ।

प्रकाशित मिति : भाद्र ३, २०७८ बिहीबार  ९ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]