बैशाख २२, २०८१ शनिबार

दमकका तीन साहित्यकारलाई भारतीय अवार्ड

दमक – झापाको दमकका तीन साहित्यकार भारतीय साहित्य अवार्डबाट पुरस्कृत भएका छन् । अङ्ग्रेजी साहित्यको नयाँ आयाम साइनोका प्रतिपादक मानिनु हुने दमकका खेमलाल पोखरेलसहित तोयानाथ चापागाईँ र विष्णुप्रसाद भट्टराई भारतको स्वतन्त्रता साहित्य अवार्डबाट पुरस्कृत भएका हुन् ।

विश्व अङ्ग्रेजी साहित्यमा विशेष योगदान पु¥याएवापत उहाँहरुलाई भारतको ७५ औँ स्वतन्त्रता साहित्य अवार्ड प्रदान गरिएको जनाइएको छ । दिवसका उपलक्ष्यमा विश्व अङ्ग्रेजी साहित्यकारको छाता संस्था मोटिभिसनल स्ट्रिप्स र गुजरात साहित्य एकाडेमीले संयुक्तरूपमा सो अवार्ड प्रदान गरेको हो ।

अवार्ड पाउने छ अङ्ग्रेजी साहित्यकार नेपालीहरूमा कृष्ण चाम्लिङ, तुलसी श्रेष्ठ र हुम आले हुन् । अवार्ड बर्सेनि भारत स्वतन्त्रता दिवसका सन्दर्भमा आयोजक संस्था मोटिभिसनल स्ट्रिपका संस्थापक सिजु एच पालिथाजेथ र गुजरात साहित्य एकाडेमीका संस्थापक डा विष्णु पाण्डेयले वितरण गदै आएका छन्।

प्रकाशित मिति : भाद्र ४, २०७८ शुक्रबार  ९ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]