जेष्ठ १, २०८२ बुधबार

माधव नेपाललाई सरकारको उपहार : एकैदिन दुई नियुक्ति

काठमाडौं– तत्कालिन नेकपा र पुनर्स्थापित नेकपा एमालेमा रहँदा राजनीतिक नियुक्तिमा बराबरी हिस्सा नपाएको गुनासो गर्ने एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना कार्यकर्ता भर्ती गर्न सुरु गर्नुभएको छ ।

एमाले विभाजन गरी प्रस्ताव गरिएको एमाले समाजवादीका अध्यक्ष नेपाल आफ्ना स्वकीय सचिव यादवचन्द्र शर्मालाई बागमती प्रदेश प्रमुख नियुक्ति गराउनुभएको छ । सरकारले बिहीबार नै बागमती प्रदेशको प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर नेपालको सचिवालयमा लामो समय काम गरेका शर्मालाई नियुक्त गर्नुभएको हो ।

नेपालले युवा संघका उपाध्यक्ष निरन्जन झा नेपाल रेल्वे कम्पनीको महाप्रबन्धकमा नियुक्त गराउनुभएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले झालाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका महाप्रबन्धक गुरु भट्टराईलाई अहिलेको सरकारले स्पष्टीकरण सोधेको थियो। तर उहाँले स्पष्टीकरण जवाफ नदिएर राजीनामा दिएपछि खाली भएको ठाउँमा झालाई ल्याइएको हो ।

प्रकाशित मिति : भाद्र ४, २०७८ शुक्रबार  ९ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]