जेष्ठ ७, २०८२ मंगलबार

अब इटहरीमा घरमै बसेर कर तिर्न सकिने

इटहरी । इटहरी उपमहानगरपालिकामा अव घरमै बसिबसी कर तिर्न सकिने भएको छ । मोवाइलबाटै सम्पति कर, ब्यवसायकर,बहालकर तिर्न सकिने भएको हो ।

बिहान नगरप्रमुख द्धारिकलाल चौधरीले आफूले तिर्नुपर्ने कर तिरेर करदाता पोर्टलको शुभारम्भ गर्नुभयो । घुँडाको अपरेसन गरेर घरमै स्वास्थ्यलाभ गरिरहनुभएकी उपप्रमुख लक्ष्मी गौतमले पनि आजै कर भुक्तानी गर्नुभएको छ । शुभारम्भ कार्यक्रमलाई सम्वोधन गर्दै नगरप्रमुख चौधरीले इटहरी उपमहानगरपालिकालाई पेपरलेस बनाउने अवधारणा अन्र्तगत अनलाइनबाटै कर तिर्ने सेवा सुरु गरिएको बताउनुभयो । उहाँले आफूहरुले चुनावी घोषणा पत्रको ७५ प्रतिशत कार्यावन्यन गरिसकेको दावी गर्नुभएको छ । निमित्त प्रमुख प्रशासकीय अघिकृत भोजकला दवाडीले घरबाटै करतिर्न पाउनु पनि विकासको एउटा महत्वपूर्ण खुटकिलो र पारदर्षिताको अंग रहेको बताउनुभयो । राजश्व प्रशासन शाखा प्रमुख नविन भटटराईले मोवाइलवाटै कति कर तिर्न छ भनेर हेर्न,लेखाजोखा गर्न र तिरीसकेपछि विल प्रिन्ट गर्न सकिने बताउनुभयो । करभुक्तानी गरि पछि सम्वन्धित ब्यक्तिको इमेलमा बिल आउने छ । मोवाइलमा तत्काल जानकारी आउने छ ।

यसरी तिर्न सकिन्छ घरमै वसेर कर
सवैभन्दा सुरुमा इटहरी उपमहानगरपालिकामा करदाताको रुपमा दर्ता हुनुपर्छ । दर्ता हुदाँ अनिवार्य रुपमा मोवाइल नम्वर र इमेल ठेगाना उपलब्ध गराउनुपर्छ । त्यसपछि नगरपालिकाले करदाता संकेत उपलब्ध गराउछ ।
इटहरी उपमहानगरपालिकाको वेवसाइट www.itaharimun.gov.np मा जानुपर्छ । त्यहाँ विद्युतीय सुशासन सेवामा क्लिक गरेपछि करदाता पोर्टल खुल्छ । नगरपालिकाले उपलब्ध गराएको संकेत प्रयोग गरेर आफूलाई त्यहाँ रजिष्टर गर्नुपर्छ । एसएमएस तथा इमेल भेरिफिकेसन पछि युजरनेभ र पासवर्ड प्राप्त हुन्छ ।त्यहि युजरनेम र पासवर्ड प्रयोग गरि संसारको कुनै पनि कुनावाट इसेवा वा खल्ति प्रयोग गरि कर तिर्न सकिन्छ । आफनो ब्यक्तिगत विवरण सम्पति विवरण,ब्यवसाय सम्वन्धि विवरण,वहालको विवरण,करतिर्नुपर्ने तथा तिरेको विवरण हेर्न सकिने छ ।

प्रकाशित मिति : भाद्र ४, २०७८ शुक्रबार  २ : २७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]