बिर्तामोड युट्युव काण्ड : तीन जना पक्राउ
बिर्तामोड । बिर्तामोडको एक होटलमा खाजा खाइरहेका व्यक्तिको भिडियो खिचेर युट्यूवमा प्रसारण गर्ने व्यक्तिसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरु सहित ६ जना विरुद्ध आजै प्रहरी कार्यालयमा उजुरी परेको थियो । पक्राउ पर्नेहरुमा युट्युवर खगेन्द्र घिमिरे, होटल जंगल भ्यू चारआलीका संचालक हेमराज भट्टराई , सोही ठाउँका स्नुकर पूल संचालक सुवास कार्की रहेका छन् ।
पीडितले युट्युवरले चरित्र हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दर्ता गराएका थिए । उनीहरु विरुद्ध सामाजिक सञ्जालमा आम नागरिकले व्यक्तिगत जीवनमा प्रवेश गरेर चरित्र हत्या गरेको आरोप लागेको छ ।