झापामा कोरोना : चार दिनमा ८२२ जनामा संक्रमण
बिर्तामोड । झापामा आज थप १८७ जनामा कोरोना पुष्टि भएको छ । एक जना संक्रमितले ज्यान गुमाएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
झापामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५३० पुगेको छ भने हालसम्म जिल्लामा १८ हजार ७ सय ७५ जनाले कोरोना जितेका छन् ।आज सबैभन्दा धेरै बिर्तामोड, दमक र शिवसताक्षीमा कोरोना पुष्टि भएको छ ।
जिल्लामा भदौ १ गतेदेखि लकडाउन खुकुलो बनाइएको छ । ४ गतेसम्मको संक्रमण दर हेर्दा अझै जोखिम कायमै रहेको पाइन्छ । भदौ १ गते २९९, भदौ २ गते १८८, भदौ ३ गते १४८ र भदौ ४ गते १८७ जनामा कोरोना पुष्टि भएको हो । चार दिनमा ८२२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।