बैशाख १४, २०८१ शुक्रबार

बिर्तामोड युट्युव काण्ड : स्थानीयबासीद्वारा मजदुर संगठनमा तालावन्दी

बिर्तामोड । चारआलीस्थित आयल निगम आसपासका स्थानीयले बिर्तामोड युट्युव काण्डमा निर्दोष व्यक्तिलाई पक्राउ गरिएको विरोधमा तालावन्दी गरेका छन् । स्थानीयबासीले आज साँझ नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ट्याङ्कर कमिटी चारआलीको कार्यालयमा तालावन्दी गरेका छन् ।

उनीहरुले होटल व्यवसायी हेमराज भट्टराई र अर्का युवा सुवास कार्कीले समाजकै भलाईको लागि काम गरेको भन्दै निर्दोष व्यक्तिहरुलाई रिहाई गर्न माग गरेका छन् । युट्युवरको बारेमा आफुहरु जानकार नभएको भन्दै स्थानीयबासीले गाउँमा धेरै विकृति बढेका कारण गाउँले कै सल्लाहमा उनीहरुलाई होटलबाट पक्राउ गरिएको स्थानीय महिलाहरुले जानकारी दिएका छन् । सो कार्यालयका सचिवले गाउँका चेलीलाई रातीराती बाहिर लिएर गएको र यसअघि पनि सोही प्रकारको घटना भएको भन्दै तालावन्दी गरेको स्थानीय लक्ष्मण कार्कीले बताए । उनले गाउँमा हदैसम्मको विकृति बढेको भन्दै ‘रेडलाइट’ घोषणा गरिदिन माग समेत गरेका छन् ।

युट्युवरले चरित्र हत्या गरेको भन्दै पीडित महिलाहरुले इप्रका अनारमनीमा उजुरी गरेपछि प्रहरीले तीन जनालाई पक्राउ गरिसकेको छ । अभद्र व्यवहार मुद्धा दर्ता गरिएको पीडित महिलाहरुको भनाई छ । गाउँलेले आज साँझ भेला भएर महिलाहरुले समेत कमजोरी गरेको औल्याएका छन् । यता, महिलाहरुले खाजा खान गलत नभएको प्रतिक्रिया दिदैं आएका छन् ।

प्रकाशित मिति : भाद्र ४, २०७८ शुक्रबार  ८ : १५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]