एमालेको महाधिवेशन मंसिर १० देखि
काठमाडौं– नेकपा एमालेले पार्टीको दशौं महाधिवेशनको मिति तय गरेको छ । माधव नेपाल समूह छाडेका नेताहरुसहित पहिलोपटक बसेको स्थायी कमिटी बैठकले आगामी मंसिर १०, ११ र १२ गते काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
एमालेले जेठ २ लाई आधार मानेर पार्टी सदस्यता नवीकरण गर्ने, विधान महाधिवेशन आगामी असोज ४, ५ ६ गते काठमाडौंमा गर्ने समेत तय गरेको छ । विधान महाधिवेशनका लागि दस्तावेज तयार गर्न भदौ २५ र २६ स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।
एमालेले आगामी कात्तिक ६ गते वडा र कात्तिक ९ गते पालिका, नगर अधिवेशन गर्ने निर्णय गरेको छ । साथै, भदौ १६ देखि जिल्ला कार्यकर्ता भेला र जनसंगठनका भेला गर्ने तथा भदौ १० गते केन्द्रीय कमिटीको बोलाउने निर्णय भएको छ ।