जेष्ठ ३, २०८१ बिहीबार

आगामी तीन दिन हल्का देखि मध्यम वर्षाको सम्भावना

मौसम विश्लेषण (Meteorological Analysis)

हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। मनसुनको न्युन चापिय रेखा नेपालको तराई भू-भागको केही नजिक रहेको छ।

हाल मौसमको अवस्था (Present Weather Status)

हाल देशभर सामान्य देखि पूर्ण बदली रही  प्रदेश १,२, बागमती  र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशहरुका थोरै स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान 

२०७८ भाद्र ०९ गते (बुधबार)

दिउँसोदेशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, २, बागमाती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका  थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

रातीदेशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १,२, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै  स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको देखिन्छ ।

२०७८ भाद्र १० गते (बिहीबार)

दिउँसोदेशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, २,  बागमती,  गण्डकी र लुम्बिनी प्रदेशका  थोरै  स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना पनि रहेको देखिन्छ ।

रातीदेशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, २,  बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका  थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश १, २, गण्डकी, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।

 २०७८ भाद्र १ गते (शुक्रबार)

दिउँसोदेशको अधिकांस भू-भागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, २, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेश का  थोरै  स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशहरुका एक वा दुई स्थानमा धेरै भारी वर्षाको संभावना पनि रहेको छ।

रातीदेशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १,  बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका  थोरै  स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

प्रदेश १,२, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका  थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ।

प्रकाशित मिति : भाद्र ९, २०७८ बुधबार  ७ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]