जेष्ठ ३, २०८१ बिहीबार

प्रकाशकीय : सूचनाको भोक मेटाउछौ


आज ०७६ बैशाख १३ गतेबाट हामीले डिजिटल पत्रकारिता शुरु गरेका छौ । इजलास दैनिकलले दुई वर्ष पुरा गरेपछि तेस्रो वर्षमा प्रवेशसँगै इजलास दैनिकको अनलाईन संस्करण शुरुआत गर्न पाउँदा यो खुशी आम तपाई पाठकको विचमा बाँढ्न चहान्छौ । मोफसलको पत्रकारिता कम चुनौतिपूर्ण छैन । त्यसबाट हामी पनि अछुत छैनौ । पत्रकारितामा नयाँ अभ्यास होइन, यो । तर, हाम्रो लागि भने नयाँ नै हो । संसारमा अनलाईन पत्रकारिताको विकास मापन योग्य छैन । त्यसैको शुरुआत अब हामी पनि गर्दैछौ ।

सम्पत्तिमा इन्धनको युग समाप्त भइसकेको छ । अब, सबैभन्दा महत्वपूर्ण सम्पत्ति भनेको इन्फरमेशन (सूचना)मा परिणत भएको छ । व्यस्त जीवन शैलीले सूचना पर्खिरहने अवस्था छैन, अब । त्यसैले पलपलमा सूचना प्राप्त गर्ने नागरिकको भोक हामी मेटाउने छौ । यो थालनीमा तपाईको साथ महत्वपूर्ण हुनेछ । हामी ठुलो सपना बाँढ्ने पक्षमा छैनौ । हरेक दिनको सिकाईले नागरिकको सूचनाको भोक मेटाउने प्रयास चाँही पक्कै हुनेछ ।

झापाको बिर्तामोड विन्दु हुनेछ । सेवा क्षेत्र संसार बनाउने छौ । स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नोपली र सूचनाका भोका संसारका नागरिकलाई सूचना पुर्याउने प्रयास कहिल्यै कमजोर हुने छैन । पत्रकारितामा नयाँ टेष्ट हुनेछ, ijalas.com । हामीलाई विश्वास छ, तपाई हाम्रो पलपलको साथी बन्नुहुनेछ । लामो शब्दजाल भन्दा पनि छिटो र छरितो सूचना दिने हाम्रो मेहनत रहनेछ ।
अन्त्यमा, यस ijalas.com को व्यवसायिक पत्रकारिता लोकतन्त्र मजबुद बनाउने संकल्प गर्दै नागरिकको सूचनाको हक ( संविधानको धारा २७) प्रत्याभूत गराउने प्रतिवद्धता व्यक्त गर्दछौ ।

अध्यक्ष : नारायण प्रसाद पोखरेल

प्रकाशित मिति : बैशाख १३, २०७६ शुक्रबार  ९ : १९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]