असार २०, २०८२ शुक्रबार

अब कुनै पनि निर्वाचन क्षेत्रमा अरूलाई जित्न दिँदैनौं : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो चुनावमा सबै षड्यन्त्रको हिसाब लिने बताउनुभएको छ । आज ललितपुरको लुभुमा आयोजित युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

‘अब कुनै पनि निर्वाचन क्षेत्रमा अरूलाई जित्न दिँदैनौं,’ अध्यक्ष ओलीले भन्नुभयो । उहाँले माधवकुमार नेपालसहितका नेताले अर्को पार्टी गठन गर्दैमा केही फरक नपर्ने पनि बताउनुभयो । ‘एक दुई पात पहेँलिएर खस्दैमा रुखलाई केही फरक पर्दैन । रुखमा नयाँ नयाँ पालुवा पलाउँदैछन् । नयाँ नयाँ हाँगा हाल्दैछन्,’ ओलीले भन्नुभयो ।

उहाँले माधव नेपालले गठन गरेको नेकपा एकीकृत समाजवादी पार्टीले अरू पार्टीसँग मोर्चाबन्दी गर्ने आफूले सुनेको भन्दै एमालेसँग एक्लै लड्न सक्दिन भन्ने निश्ष्कर्षमा पुगेको पनि टिप्पणी गर्नुभयो ।

प्रकाशित मिति : भाद्र १२, २०७८ शनिबार  २ : २१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]