बैशाख १४, २०८१ शुक्रबार

लायन्स क्लव अफ दमक चार्टर भएको घोषणा

दमक । झापामा मानवीय र सामाजिक सेवामा सक्रिय रहने उदेश्यका साथ लायन्स क्लव अफ ईन्टरनेशनल ३२५ ए वान अन्र्तगत लायन्स क्लव अफ दमक झापा गठन भएर चार्टर भएको घोषणा गरिएको छ । लायन्स क्लव अफ ईन्टरनेशनल ३२५ ए वानका गर्भनर रेवतबहादुर कार्कीले दमकमा एक कार्यक्रमबीच क्लव चार्टर भएको घोषणा गरेका छन् ।

क्लवमा लायन्सका पुराना तथा नयाँ सदस्यहरु गरेर २७ जना रहेकाछन् । अध्यक्षमा अशोक चौधरी, प्रथम उपाध्यक्षमा राम थपलिया, सचिवमा विष्णुप्रसाद पोखरेल रहेकाछन् । यसैगरी द्वितिय उपाध्यक्ष लोकश सापकोटा र तृतिय उपाध्यक्षमा सन्तोष महासेठछन् । कोषाध्यक्षमा सन्दिप साहेवाला, जोइन्ट कोषाध्यक्षमा मुकेश गुप्ता, सहसचिवमा नरेश बन्जरा, पिआरओमा विणा शाह चार्टर भएका छन् ।
क्लवको सदस्यहरुमा डिल्लिाराम ओली, विष्णु शाह, डेविट विष्ट, पुजा अग्रवाल, शिला चौधरी, वविता तिम्सिना, भीमादेबी खरेल, अनु तिम्सिना विष्ट, शम्भु चौधरी, विक्रम अधिकारी, प्रीति अग्रवाल, शुनिल शाह, मन्जु गुप्ता, ममता देबि चौधरी, सुर्य बहादुर बस्नेत र राजेश शाह रहेका छन् ।

क्लव खुलेर सक्रिय भएको डेढ महिनाभन्दा बढि भएपनि शनिवार औपचारिक चार्टर भएको हो । क्लवले यो अवधिमा दुई दर्जनभन्दा बढि ठुला तथा साना सामाजिक कार्यहरु गरेको क्लवका अध्यक्ष अशोक चौधरीले बताए । क्लव खुलेको छोटो समयमा नै राम्रा कार्यहरु गरेको र क्लवमा पुराना लायन्सहरुको नै अग्रभागमा नेतृत्व रहेको भन्दै गर्भनर कार्कीले सफलताको शुभकामना दिएका थिए । सो अवसरमा ईम्प्याक्ट चिफ ज्ञाननाथ पौड्याल, रिजन चियर पर्सन दिवस राई लगायतले पनि क्लवलाई शुभकामना दिएका छन् ।

प्रकाशित मिति : भाद्र १२, २०७८ शनिबार  ८ : ११ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]