बैशाख २३, २०८१ आईतबार

दुई मध्ये एक रोजौं

सम्पादकीय
झापामा अहिले निषेधाज्ञालाई खुकुलो पारिएको छ । २० गतेसम्मलाई खुकुलो बनाइएको निषेधाज्ञा कोरोना संक्रमण कम भएर होइन । नागरिकको जनजीवनलाई सामान्य तर्फ अघि बढाउन मात्रै खुकुलो बनाइएको हो । निषेधाज्ञा कडाई हुँदा र खुकुलो हुँदाको संक्रमण दरमा कुनै फरक छैन । संक्रमण दर जिल्लामा उस्तै । डीसीसीएमसी झापाले यहाँका व्यवसायीको मागलाई सम्बोधन गर्दै निषेधाज्ञा खुकुलो बनाइएको हो । नत्र, झापामा खुकुलो बनाउन सक्ने अवस्था छैन । हरेक दिन २ सय संक्रमण र दैनिक २ देखि ३ जनासम्मको ज्यान गइरहेको छ । सबैले खुकुलो निषेधाज्ञामा स्वास्थ्य मापदण्ड पालना गर्न अपरिहार्य छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अबको एक महिना अर्थात् असोज दोस्रो हप्ता संक्रमणको तेस्रो लहर आउने चेतावनी दिइसकेको छ । तेस्रो लहर आउने वा नआउने सर्वसाधारणमा निर्भर हुने विज्ञले बताइरहेका छन् । अर्थात, तेस्रो लहर आउनुमा हामी सबैको हात हुने छ । निषेधाज्ञा खुकुलो र चाडपर्व सुरु भएसँगै आउजाउ बढ्ने र जनस्वास्थ्य सुरक्षा मापदण्ड लागू नगर्दा तेस्रो लहरको जोखिम बढ्ने स्वास्थ्य मन्त्रालयको आँकलन छ । वास्तवमा, नागरिक तहमा स्वास्थ्य मापदण्ड पालना नहुने हो भने तेस्रो लहर पनि भोग्नुपर्ने हुनसक्छ ।
सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड लागू गरे भने तेस्रो लहर आउने सम्भावना कम हुन्छ ।

तेस्रो लहरको जोखिम कम गर्न हरेक नागरिकले आआफ्नो ठाउँबाट नियमको पालना गर्नुको विकल्प छैन । अहिले पनि झापामा खाद्यन्नलाई भदौं ११ गतेबाट २ बजेसम्म व्यापार गर्न पाइने भनेको छ । तर, व्यापारी त्यसको उल्लंघन गरिहरेका छन् । त्यसमा व्यापारीको मात्र दोष छैन । खुल्ला हुने समयमा उपभोक्ता पनि खरिद गर्न गइरहेका छैनन् । बन्द भएको समयमा पुग्नेहरुलाई खाद्य उपलब्ध नगराउने कुरै भएन । अर्कातिर, अनुगमन कमजोर छ । अनुगमन प्रभावकारी नहुने हो भने दशैंको मुखमा महामारीले सबैलाई थला पार्नेछ । अब, थला पर्ने कि स्वस्थ्य रहने दुई मध्ये एक रोजौं ।

प्रकाशित मिति : भाद्र १३, २०७८ आईतबार  ९ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]