बैशाख ३०, २०८२ मंगलबार

उच्चस्तरीय संयन्त्र बनाउन दाहाल–नेपालको दवाव

काठमाडौं – तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेको सरकार सञ्चालन उच्चस्तरीय संयन्त्र निर्माणमा सत्तारुढ गठबन्धनका नेताहरु पुष्पकमल दाहाल र माधवकुमार नेपालले जोड दिएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संयन्त्र बनाउन जोड दिएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा पनि संयन्त्र बनाउन सकारात्मक रहने बताइएको छ । प्रधानमन्त्रीमाथि अर्को प्रधानमन्त्री हुन चाहेको भन्दै तत्कालिन प्रधानमन्त्री ओलीले अस्वीकार गर्नुभएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयका उपसचिव बद्री तिवारीले भने बैठक मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा केन्द्रित रहेको बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलगायतका नेता सहभागी हुनुहुन्थ्यो ।

प्रकाशित मिति : भाद्र १४, २०७८ सोमबार  १ : २५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]