चैत्र १६, २०८० शुक्रबार

खोप कार्ड देखाएर नेपाल प्रवेश गर्न पाईने

झापा । भारतीय नागरिकलाई सोमवारदेखि काँकरभिट्टा नाकाबाट नेपाल प्रवेश गर्न दिन थालिएको छ ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डीएसपी सुनिलसिंह दाहालका अनुसार भारतीय नागरिकलाई कोरोना विरुद्वको खोप र पीसीआर गरेको कार्ड देखाएमा नेपाल प्रवेश गर्न दिन थालिएको हो ।

‘माथिबाट लिखित आदेश त आएको छैन’, डीएसपी दाहालले भने–‘तर मौखिक आदेशका कारण व्यवहारिकता हेरिदिने भनेकोले भारतीय नागरिकलाई खोप र पीसीआर गरेको कार्डको आधारमा नेपाल प्रवेश गर्न दिन थालिएको छ ।’

कोरोनाका कारण भारतीय नागरिकहरुलाई नेपाल प्रवेशमा रोक लगाईएको थियो । करिव ४ महिनापछि व्यवहारिकताका आधारमा भारतीय नागरिकहरुलाई नेपाल प्रवेशमा खुल्ला गरिएको छ । कोरोनाका कारण सुरुमा काँकरभिट्टा नाका पुरै ठप्प थियो । त्यसपछि केहि खुकुलो हुँदै गएको छ । यसअघि भारतबाट आउने नेपाली र नेपालबाट भारत जाने भारतीय नागरिकहरुलाई खोप र पीसीआरका आधारमा काँकरभिट्टा नाकामा आवत–जावत गर्न दिएको थियो । पश्चिम बंगाल सरकारले अझै पनि नेपाली नागरिकहरुलाई भारत प्रवेशमा रोक लगाएको छ । भारतमा जागिर गर्ने नेपालीलाई मात्र प्रवेश गर्न दिएको छ ।

प्रकाशित मिति : भाद्र १५, २०७८ मंगलबार  ९ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]