बैशाख ३०, २०८२ मंगलबार

उद्योगी व्यवसायीहरुको समस्याप्रति प्रदेश सरकार गम्भीर छ – मुख्यमन्त्री आचार्य

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले उद्योगी व्यवसायीहरुको समस्याप्रति प्रदेश सरकार गम्भीर भएको बताएका छन् । आर्थिक बन्दी, कोभिड–१९ का कारण भएको समस्याप्रति सरकार गम्भीर भएको बताउदैं उद्योग व्यवसाय प्रवद्र्धनका लागि प्रदेश सरकारले नयाँ कार्यक्रम ल्याउने बताए ।

शनिवार धरानमा सुनसरी उद्योग बाणिज्य संघले आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रमलाई सम्बोधन गदैं यति बेला राजनीतिक परिस्थिति प्रतिकुल छ, परिस्थिति अनुकुल भए पछि सरकारले प्रदेश १ को आर्थिक मजबुद बनाउन नयाँ योजना ल्याउने धारणा राखेका छन् । क्याविनेटको पहिलो वैठकबाट यातायात व्यवास्था कार्यालय, मालपोत कार्यालयहरुबाट अनलाइन सेवा सञ्चालन गर्न निर्णय गरेको छ । कोभिड प्रभाव न्यूनिकरणका लागि १० करोड बजेट विनियोजन गरेर प्रदेश सरकारले काम थालेको बताए । प्रदेश सरकारको विकास सम्वृद्धिका लागि उद्योगी व्यवसायीहरुसँग हातेमालो गरेर अगाडी बढ्ने सरकारको नीति भएकाले सरकारलाई सहयोग गर्नसमेत आग्रह गरेका छन् ।

कार्यक्रममा प्रदेश सभामुख प्रदिपकुमार भण्डारीले प्रदेशको आर्थिक सम्वृद्धिका लागि उद्योगी र व्यवसायीको ठूलो भूमिका भएको बताउनु भएको छ । कार्यक्रममा सुनसरी उद्योग बाणिज्य संघ अध्यक्ष गिरीधारी सापकोटा, पूर्ण अध्यक्ष मोहनकाजी शाक्य, प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठलगायतले व्यवसायी र उद्योगीहरुको तत्कालका समस्याहरु उठान गरेका थिए ।

प्रकाशित मिति : भाद्र १९, २०७८ शनिबार  ७ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]