बैशाख २३, २०८१ आईतबार

झापा ट्राफिकको ध्यान जाओस्

सम्पदाकीय
झापाको बिर्तामोडमा मुख्य तीन समस्या विधमान छन् । ती समस्या हुन्, फोहोर व्यवस्थापनमा कठिनाई, सार्वजनिक शौचालयको अभाव र व्यवस्थित सवारी पार्किङको समस्या । यि समस्याले बिर्तामोडलाई निकै अप्ठ्यारो बनाइहरेको छ । दुखसुख फोहोरको व्यवस्थापन भइरहेको छ । अहिले पनि सकड क्षेत्रमा फोहोरको ढिंगुर छ । यसलाई पनि तत्कालाई हटाउन नगरपालिकाले आफ्नो तहबाट प्रयत्न गरोस् । सार्वजनिक शौचालयको बहस पुरानो भइसक्यो । यसको समाधान अझै भइसकेको छैन । बिर्तामोडका संघसंस्था पनि शौचालय व्यवस्थापनका लागि जुटेका थिए । तर, उनीहरुले पनि पार लगाउन सकिरहेका छैनन् ।

बिर्तामोडमा सडकको संरचना नयाँ बनेको छ । भद्रपुर रोड बनेपछि यहाँको स्वरुप बदलिन्छ भन्ने जनअपेक्षा थियो । तर, रोड बनेपनि यसको महत्व कायम रहन सकेको छैन । करोडौं लगानी गरेर बनाइएको सकडमा अहिले अव्यवस्थित पार्किङले ढाकेको छ । चारलेन मध्ये २ लेनमा पार्किङ छ । त्यै पनि जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रभावकारी रुपमा व्यवस्थापन गर्न खटिएको छैन । बिर्तामोडको मुख्य गरि भद्रपुर रोडमा अव्यवस्थित पार्किङले गर्दा आम नागरिकलाई हिडडुलमा समस्या भइरहेको छ ।

सवारी पार्किङका लागि व्यवस्थित ठाउँको व्यवस्थापन गरिएको छैन । यसका लागि स्थानीय सरकारले ध्यान दिन जरुरी छ । ठुलो लगानी गरेर पनि सडकको सदुपयोग गर्न पाइएन भने त्यसको अर्थ हुनेछैन । यसैले स्थानीय सरकार, ट्राफिक कार्यालय र सडक विभागले बिर्तामोडको अव्यवस्थित पार्किङको दीर्घकालिन व्यवस्थापन मिलाउन जरुरी छ । अहिले बिर्तामोडमा हदैसम्मको लापरबाही पूर्ण तरिकाले सवारी राख्ने गरिएको छ । जसका कारण दुर्घटनाको जोखिम बढेर गएको छ । ट्राफिक प्रहरीले आफ्नै कार्याल अगाडिको काम प्रभावकारी रुपमा गर्न सकेन भने अन्य ठाउँको काम के भइरहेको होला ? तत्काल यस क्षेत्रको पार्किङ व्यवस्थापन गर्न ध्यान जाओस् । ट्राफिक प्रहरीले यस कामका लागि सबैसँग सहकार्य पनि गरोस् ।

प्रकाशित मिति : भाद्र २१, २०७८ सोमबार  ७ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]