जेष्ठ ३, २०८२ शुक्रबार

दाह्रीभाई तीन दिनदेखि वेपत्ता

बिर्तामोड । झापा हल्दिवारी –१ गोल्धापका प्रकाश दाहाल ‘दाह्री भाई’ तीन दिनदेखि सम्पर्कबिहीन भएका छन् । परिवारका अनुसार उनी भदौ १९ गतेदेखि राती देखि सम्पर्कमा छैनन् ।

रंगमञ्चका कलाकार दाहाल दमक थियटरमा काम गर्दै बसेका थिए । उनी केहि समयदेखि सोही थियटरमा अभिनय कला सिकाउदै आएका थिए । झापा गोल्धाप घर भएका दाहाल परिवार सहित दमक बस्दै आएको छ । उनका बुबा आमा ओम मेची अस्पताल अगाडि होटल सञ्चालन गर्दै बसेका छन् । २७ वर्षीय दाहाल चन्चले स्वभावका छन् ।

दाहाल बुबाआमासँग नबसी थियटर मै बस्दै आएका थिए । १२ बजे राती उनको साथीले हेर्दा कोठामा नदेखपछि परिवारलाई खवर गरेका थिए । परिवारका अनुसार मोवाइल, चप्पल समेत कोठा मै भेटिएको छ । उनका साथीहरुले दिएको जानकारी अनुसार प्रकाश माथिको कपडा समेत नलगाई हिडेका छन् । उनको खोजीका लागि दमक प्रहरीमा परिवारले निवेदन दिएको छ ।

प्रकाशित मिति : भाद्र २२, २०७८ मंगलबार  ८ : ११ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]