जेष्ठ ३, २०८२ शुक्रबार

संखुवासभा सामुहिक हत्याको अनुसन्धान सुरु

खाँदबारी- संखुवासभाको मादी नगरपालिकामा हिजो एकै परिवारका ६ जनाको हत्या भएको घटनाको तालिम प्राप्त कुकुर सहित अनुसन्धान सुरु गरिएको छ ।

सखुंवासभाको मादी नगरपालिकामा एकै परिवारका ६ जनाको हत्या भएको घटनास्थल पुगेको प्रहरी उपरीक्षक भीम दाहाल नेतृत्वको टोलीले अनुसन्धान सुरु गरेको हो ।

अनुसन्धान टोलीमा ट्रयाकर डग पिकु र लैलालाई घटनास्थल लगिएको छ । सोमबार रातभर पानी परेका कारण मंगलबार बिहानमात्रै कुकुरसहितको टोलीले अनुसन्धान सुरु गरेको एसपी दाहालले बताउनुभयो।

सोमबार बिहान शव भेटिएपछि प्रहरीले घटनास्थल सिल गरेको थियो । कुकुरको प्रयोगका लागि रातभर घटनास्थलमा नै शव छाडिएको थियो । तर पानी परेका कारण कुकुर प्रयोगको प्रभावकारिता कम देखिने प्रहरी स्रोत बताउँछ । कुकुरले सुगेर सम्भावित आरोपीसम्म पुर्‍याउने काम गर्छ । पानी परे पनि कुकुरको प्रयोग गर्ने बताउनुभयो । ‘पानी पर्दा ट्रयाकर डगको प्रभावकारिता कम हुनसक्छ,’ दाहाल भनाइ छ  ‘हामी सकेसम्म कोसिस गर्छौं ।’ सोमबार बिहान मादी नगरपालिका(१ उमलिङको खोला गाउँमा र बौद्धमान कार्कीको परिवारका ६ जनाको हत्या भएको थियो । आँखा कम देख्ने र काम कम सुन्ने ९३ वर्षीय बौद्धमान सकुशल हुनुहुन्छ ।

प्रकाशित मिति : भाद्र २२, २०७८ मंगलबार  १२ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]