बैशाख ३०, २०८२ मंगलबार

झापामा एमालेका ५०८ जनप्रतिनिधिमध्ये ७ जना नेकपा समाजवादी तिर लागे

बिर्तामोड । झापामा नेकपा एमालेबाट निर्वाचित ७ जना जनप्रतिनिधि नेकपा समाजवादीमा प्रवेश गरेका छन् । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार १ जना वडाअध्यक्ष सहित ७ जनाले नेकपा समाजवादीमा सनाखत गरेका छन् ।

जिल्लामा पहिलो पटक झापा गाउँपालिका–७ का वडा सदस्य इश्वरी दाहालले सनाखत गरेका थिए । उनले सोमवार नै निर्वाचन कार्यालय पुगेर सनाखत गरेका हुन् । मंगलवार अन्तिम दिन ६ जनाले माधव कुमार नेपालको नेकपा समाजवादीमा औपचारिक प्रवेश गरेका छन् ।
प्रवेश गर्नेहरुमा जिल्ला समन्वय समिति सदस्य पदम लिम्बु, झापा गाउँपालिका वडा सदस्य इश्वरी दाहाल, शिवसताक्षी वार्ड नम्बर ७ का वडाअध्यक्ष नविन इजम, मेचीनगर कार्यपालिका सदस्य लक्ष्मी पाख्रिन, अर्जुनधारा वडा नम्बर ६ का वडा सदस्य अर्जुन मेचे, अर्जुनधारा नगरपालिका ३ का वडासदस्य होम दुलाल र भद्रपुर नगरपालिका ९ का वडा सदस्य कुन्जा रुचाल रहेका छन् ।

झापामा प्रतिनिधि सभा सदस्य, प्रदेश सांसद् र स्थानीय तहका जनप्रतिनिधि ५०८ जना रहेका छन् । त्यसमध्ये ७ जना नेकपा समाजवादीमा गएका छन् । एमालेबाट नेकपा एसतिर जान सनाखत गर्ने आज अन्तिम दिन हो ।

प्रकाशित मिति : भाद्र २२, २०७८ मंगलबार  ४ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]