महामन्त्रीमा उम्मेदवारी दिने विश्वप्रकाशको घोषणा
काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । वीपी स्मृति दिवसको अवसरमा सुन्दरीजलमा पुग्नुभएका शर्माले १४औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।
आगामी ९ देखि १३ मंसिरमा कांग्रेसको १४औँ महाधिवेशन गर्दैछ । कांग्रेस नेता युवा नेता गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसक्नुभएको छ ।
त्यस्तै, अर्का युवा नेता प्रदीप पौडेलले पनि महामन्त्रीमा उम्मेदवारी दिने बताइसक्नुभएको छ । उहाँले क्रियाशील सदस्यता विवाद टुंगो लागेपछि औपचारिक रूपमा घोषणा गर्ने बताउनुभएको छ ।