चैत्र १५, २०८० बिहीबार

मैत्रीपूर्ण खेलमा नेपालसँग बंगलादेश पराजित

काठमाण्डाै – बङ्गलादेशसँगकाे मैत्रीपूर्ण फुटबलकाे पहिलाे खेलमा नेपाल विजयी भएकाे छ । नेपालले बङ्गलादेशलाई दुई–एककाे गाेल अन्तरले हरायाे । 

नेपालका लागि डेब्यु गरेका सविता राना मगर र प्रीति राईले गाेल गरे । सविताले खेलकाे १३ औँ र प्रीतिले २३ औँ मिनेटमा गाेल गरिन् ।

पहिलाे हाफमा नेपाल दुई–शून्यले अघि थियाे । तर खेलकाे दाेस्राे हाफमा बङ्गलादेशले एक गाेल गर्‍याे । उसका लागि खेलकाे ८३ औँ मिनेटमा थोउरा खातुनले गाेल गरिन् । एएफसी महिला एसियन कप-२०२२ छनोटको तयारीका लागि नेपालले बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । दोस्रो मैत्रीपूर्ण खेल आउँदाे आइतवार हुनेछ । 

प्रकाशित मिति : भाद्र २४, २०७८ बिहीबार  ७ : ११ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]