जेष्ठ २, २०८२ बिहीबार

फेरि सर्‍यो कांग्रेसको पालिका, क्षेत्र र जिल्लाको अधिवेशन

काठमाडौं – नेपाली कांग्रेसले स्थानीय तहको अधिवेशनको कार्यतालिकामा परिवर्तन गरेको छ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको स्थानीय तहको अधिवेशनको कार्यतालिका परिवर्तन गरेको हो ।

परिवर्तित कार्यतालिका अनुसार वडा अधिवेशन सम्पन्न हुन बाँकी २० जिल्लामा असोज ५ गतेका लागि वडा अधिवेशन तोकिएको केन्द्रीय निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता महादेव प्रसाद यादवले जानकारी दिए ।

यादवका अनुसार सबै गाउँ तथा नगरमा एकैपटक अधिवेशन गर्नका लागि मिति फेरबदल गरिएको हो ।  क्रियाशिल सदस्यता नामावाली सार्बजनिक नभएका २० जिल्लाको नामावली सार्बजनिक गरिने तयारी भईरहेको समेत उनले बताए । ‘अब वडा अधिवेशन सम्पन्न भईसकेका ५७ जिल्ला र बाँकी रहेका २० जिल्लाका वडाहरुका अधिवेशन सम्पन्न भएपछि एकैपटक गाउँ, नगर, प्रदेश सभा क्षेत्रीय, प्रतिनिधि सभाअधिवेशन सम्पन्न गरिन्छ, उनले प्रेससँग भने ।’

कार्यतालिका परिवर्तन भएसँगै अब गाउँ नगरमा असोज ९, प्रदेश सभा क्षेत्रमा असोज १२, एक प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा असोज १५ र एक भन्दा वढी निर्वाचन क्षेत्रमा असोज १८ गते अधिवेशन हुने छ ।

गाउँ तहदेखि जिल्ला अधिवेशनसम्मको कार्यतालिका परिवर्तन भएपनि प्रदेश अधिवेशन र केन्द्रीय अधिवेशन भने पुरानै कार्यतालिका अनुसार हुने छ । 

प्रकाशित मिति : भाद्र २५, २०७८ शुक्रबार  ७ : ०० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]