जेष्ठ २, २०८२ बिहीबार

एक हप्ता मनसुन कमजोर हुने

काठमाण्डाै – अबको एक हप्ता मनसुन कमजोर हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालबाट दक्षिणतर्फ रहेकाले अझै एक हप्ता ठूलो पानी पर्ने वा लगातार झरी पर्ने सम्भावना नभएको महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थानीय वायुको प्रभावका कारण आज दिउँसोपछि भने काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा सामान्य पानी पर्ने सम्भावना छ । देशका अरु ठाउँको मौसम भने सामान्य बद्ली भएर कतैकतै हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना भएको उहाँले बताउनुभयो ।

केही दिन लगातार पानी वा झरी पर्ने सम्भावना तत्कालको लागि नदेखिए पनि कहिलेकाहीँ स्थानीय रुपमा मौसमी प्रणाली विकसित हुन सक्ने भएकाले पानी पर्न सक्छ । लगातार झरी नपर्ने भएकाले अबको केही दिन गर्मी बढ्ने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : भाद्र २७, २०७८ आईतबार  ८ : २० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]