चैत्र १५, २०८० बिहीबार

मनसुनको प्रभाव क्रमशः घट्दै

काठमाडौं । नेपालमा मनसुनको प्रभाव घट्न थालेको छ । मनसुन सकिन करिब दुई साता मात्र बाँकी रहेका बेला झरी पर्न करिबकरिब बन्द भएको छ । यद्यपि, हल्कादेखि मध्यम वर्षा भने भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको पूर्वी राजस्थानमा आसपासमा अवस्थित न्यून चापीय क्षेत्र र बंगालको खाडीको मध्यपूर्वी भूभागमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा छ । मनसुन न्यून चापीय रेखा औसतभन्दा दक्षिणतर्फ छ ।

सोमबार दिउँसो देशभर सामान्य बदली रहनेछ। देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ। 

मंगलबार मुलुकका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बुधबार राति भने प्रदेश १, २ र बागमतीका थोरै स्थान तथा अन्य प्रदेशका केही भूभागमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । 

प्रकाशित मिति : भाद्र २८, २०७८ सोमबार  ७ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]