बैशाख २३, २०८१ आईतबार

उपभोक्तालाई ठगिनबाट बचाऔं

सम्पादकीय
व्यापारीको नियन्त्रणमा रहेको बजार कस्तो छ, यसको नालीबेली सबै उपभोक्तालाई थाहा छ । व्यापारीको मनपरी र उपभोक्ताको बाध्यताले सधैं जुहारी खेरिहेकै छ । तथापि, यसको नियन्त्रण गर्न अपरिहार्य छ । दशैको किनमेल लगभग शुरु भएको छ । यो अवस्थामा बजार अहिले छाडा छ । व्यापारीका आफ्न रटान पनि छन् । कोरोना महामारी र बन्द व्यवसायलाई उठाउने मौका व्यापारीलाई यहि हो भन्ने बुझाई हुन सक्छ । तर, सरोकारवालाले उपभोक्तालाई मारमा पर्न दिन हुदैन ।

जबजब चाडवाड शुरु हुन्छ तबतब व्यापारीले मौका छोपिहाल्छन् । मुल्यमा वेथिती त पुरानै कुरा हो । यो बेला पुराना र अखाद्यसम्म उपभोक्तालाई भिराउने गरिन्छ । यसबाट स्वयम् उपभोक्ता सचेत हुन जरुरी छ । बजारमा अहिले सागसब्जीमा मनपरी मुल्य तोकिएको छ । बजारमा सागसब्जी मात्र होइन, अधिकांश खाद्य पसलहरुमा मुल्यमा एक रुपमा छैन । बजारमा उपभोक्ताले सुलभ मुल्यमा वस्तुको खरिद गर्न पाउनुपर्छ । यसका लागि सरोकारवालाको सहयोग हुन जरुरी छ ।

दशैको किनमेल हुन लागेको छ । यो समयमा स्थानीय तहले प्रशासन समेतको सहयोगमा बजार अनुगमन गर्नुपर्छ । खाद्य मात्र होइन, सबै प्रकारका व्यापारको अनुगमन जरुरी छ । खाद्य, लत्ता कपडा देखि होटल व्यवसायसम्मको अनुगमन गर्न जरुरी छ । झापाको सबै बजारमा उपभोक्ताले सुरक्षित किनमेल गर्न पाउनुपर्छ । यदि कोहि पनि व्यापारीबाट आफु ठगिएको अनुभूति भएमा उजुरी गर्न सकिन्छ । बजारमा कुनै पनि वस्तु खरिद गर्न जादा व्यापारीले भन्ने मुल्य पहिलेकोभन्दा बढि छ । साच्चै, भाउ बढेकै हो त ? भाउ बढेको छ भन्दा पुगेको छ । यसका नियामक निकायले बेलैमा आम उपभोक्तालाई ठगिनबाट बचाउनुपर्छ ।

प्रकाशित मिति : भाद्र २८, २०७८ सोमबार  ७ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]