बैशाख २३, २०८१ आईतबार

मदरसा तालिमुल कुरानलाई साझा बनाउने प्रयास

सम्पादकीय
झापा बिर्तामोडमा मुस्लिम समुदायको अगुवाईमा सञ्चालित विधालयलाई साझा बनाउने प्रयत्न थालिएको छ । बिर्तामोड–३ को मस्जिदमा एकबेला कुरान पढ्न आउने बालबालिकाहरु अहिले त्यहि विधालय सरह पठनपाठन गरिरहेका छन् । शुरुआतमा मस्जिदबाटै कुरान पढाइन्थ्यो । त्यहाँ आउने मुलवीहरु (धर्म गुरु) ले कुरान सिकाउथे । जहाँ मुस्लिम बाहेकका समुदायले चासो राखेका थिएनन् । मुस्लिम समुदायको बालबच्चालाई कुरान सिकाउने र बाँकी समय प्रार्थना गर्ने ठाउँमा यतिवेला क,ख समेत सिकाउन थालिएको छ ।

कक्षा ५ सम्म पठनपाठन शुरु गरिएको मदरसा तालिमुल कुरान प्राथमिक विधालयलाई साझा विधालयको रुपमा स्थापित गर्ने प्रयासलाई बिर्तामोडका अधिकांश अगुवाले स्वागत गरेका छन् । विधालयमा मुस्लिम समुदायका पनि विपन्न, गरिव बालबालिका पठनपाठनका लागि आइरहेका छन् । उनीहरु अन्य विधालय जान सक्ने अवस्था छैन । उनीहरुलाई नै लक्षित गरेर विधालय सञ्चालन गर्ने काम हुनु प्रशंसनीय छ । एकै ठाउँमा राज्यको पाठ्यक्रम पढ्न नपाउँदा त्यहाँका बालबालिका बिहान कुरान पढेर दिउँसो अन्य विधालय जानुपर्ने बाध्यता थियो ।

विधालय व्यवस्थापन समितिले सो विधालयलाई व्यवस्थित संरचना निर्माण गरेर सार्ने तयारी गरिहरेको छ । त्यसका लागि मुस्लिम समुदायले मात्रै ५२ लाख संकलन गरिसकेका छन् । उनीहरुलाई झापाका अगुवा राजनीतिकर्मी, सामाजिक अभियान्ताहरुले समेत सहयोग गरिहरेका छन् । ८ कठ्ठा जग्गामा संरचना निर्माण गरेर व्यवस्थित रुपमा विधालय सञ्चालन गर्ने अठोटमा सबैको सहयोग अपरिहार्य छ । मुस्लिम विधालय भनिए पनि त्यहाँ कुरान बाहेक सबै राज्यकै पाठ्यक्रम पठनपाठन हुन्छ । यसरी पठनपाठन गर्ने विधालय संभवतःप्रदेश १ कै नमूना हो । यसको संरक्षण र निर्माणका लागि सबैले सहयोग गरौं । विधालयले ३ जना बाहेक सबै गैरमुस्लिम समुदायलाई रोजगार दिएको छ । यसले मस्जिदलाई समाजले हेर्ने दृष्टिकोण पनि फराकिलो बनेको छ ।

प्रकाशित मिति : भाद्र २९, २०७८ मंगलबार  ७ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]