बैशाख १३, २०८१ बिहीबार

‘प्रचण्डले वडा अध्यक्ष र माधवले वडा सदस्य जितेर देखाउन्’

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र माधव नेपाललाई आगामी चुनाव जितेर देखाउन चुनौती दिनुभएको छ । गृह जिल्ला झापामा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बाधेन गर्दै उहाँले यस्तो बताउनुभएको हो । ‘प्रचण्ड जीले सही कुरा मुखबाट प्वाक्क निकाल्नुभएछ । हामीले त वडामा पनि जित्न हम्मेहम्मे पर्ला जस्तो हुन्छ पो भन्नुभएछ । उहाँले चुनावअघि नै राम्ररी कुरा बुझेको देखेर मलाई खुसी लाग्यो,’ अध्यक्ष ओलीले भन्नुभयो ।

प्रचण्डले वडा अध्यक्ष र माधव नेपाल वडा सदस्य पनि जित्दैन ओलीले भन्नुभयो । माधव नेपाललाई किन भोट हाल्ने ? एमाले फुटाएको हुनाले उहाँलाई भोट हाल्ने ? नेकपा एमाले संगठन निमार्ण गर्ने कुरामा गुरु पार्टी भएकाले अहिले सवै अत्तालिएको बताउनुभयो । विचार कस्तो लिनुपर्छ, देश बनाउन एमाले गुरु पार्टी हो उहाँले भन्नुभयोे । आन्दोलन कसरी गर्ने ? नीति कस्ता हुने ? ती नीति कसरी कार्यन्व्यन गर्ने ? चुनाव कसरी गर्ने ? कसरी सरकार बनाउने नेकपा एमालेले मात्रै त्यो काम गर्न सक्छ ओलीले भन्नुभयो । ‘तीनबर्ष एमाले सरकारमा के पुगेको थियो तहल्कै भयो, जता हेरयो त्यतै तहल्का भएको देखेर प्रतिक्रियावादीहरु पागल भए ।’ अध्यक्ष ओलीले माधव नेपालका कारण पार्टीले धेरै दुख पाएको बताउनुभयो । अब पार्टीभित्रको पिलो निस्कियो ढुक्क भएर काम गर्नुस उहाँले कार्यकर्तालाई आग्रह गर्नुभयो ।

प्रकाशित मिति : भाद्र २९, २०७८ मंगलबार  ५ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]