बैशाख ३०, २०८२ मंगलबार

अनेरास्ववियु क्रान्तिकारी झापाको अध्यक्षमा धमला

बिर्तामोड । माओवादीको विधार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को झापा जिल्ला अध्यक्षमा रन्जन धमला निर्वाचित भएका छन् ।

बिर्तामोडमा सम्पन्न १७ औं सम्मेलनबाट धमलाको अध्यक्षतामा ६१ सदस्यीय जिल्ला कमिटी चयन भएको हो । युनियनको उपाध्यक्षहरुमा सन्दिप प्रसाईं, पुजा कँडेल,सुरेन्द्र गिरी, नवीन सिटौला,लक्ष्मी नेपाल,सचिवमा राजन चापागाईं रहेका छन् ।

झापा अध्यक्ष अनिल सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत झापा उपाध्यक्ष सरस्वती चम्लागाईले गरेकी थिइन् । कार्यक्रममा नेकपा माओवादी केन्द्र झापाका सह–इन्चार्ज झलकसिंह दर्लामी, संयोजक मणिकुमार साम्पाङ , संगठनका केन्द्रिय सचिव मदन भट्टराई, संविधानसभा सदस्य मोहन टुडु, प्रदेश सदस्य लक्ष्मी न्यौपाने, विरेन्द्र बस्नेतलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : भाद्र ३०, २०७८ बुधबार  ७ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]