बैशाख २१, २०८१ शुक्रबार

झापाका थापा मन्त्री बने, प्रदेश १ का नवनियुक्त मन्त्रीद्वारा सपथग्रहण

विराटनगर– प्रदेश १ का नवनियुक्त पाँच मन्त्रीले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । मुख्यमन्त्री भीम आचार्यले बुधबार पाँच जना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको थियो ।

पाँचै मन्त्रीले सपथ लिनुभएको हो । आर्थिक मामिला तथा योजना मन्त्रीमा तुलसी न्यौपाने र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा हिरा थापाले सपथ लिनुभएको हो । यस्तै, उद्योग राज्यमन्त्रीमा उत्तम बस्नेत, भूमि व्यवस्था राज्यमन्त्रीमा ज्ञानेश्वर राजवंशी र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा लिला बल्लभ अधिकारीले पनि सपथ लिनुभएको छ ।

प्रकाशित मिति : भाद्र ३०, २०७८ बुधबार  ६ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]