बैशाख २१, २०८१ शुक्रबार

झापाका हिरा थापा : विवाहकै कारण विस्थापित देखि प्रदेशको मन्त्रीसम्म

बिर्तामोड । झापा क्षेत्र नं.४ बाट निर्वाचित प्रदेश सांसद् हिरा थापा प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भएका छन् । उनलाई प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले नियुक्त गरेका हुन् । मन्त्री थापासँगै पाँच जनालाई नियुक्त गरिएको छ ।

झापा सुरुङा घर भएका थापा एमालेका पुराना नेता हुन् । विथार्धी आन्दोलनबाट आएका थापाको पुरानो घर गौरादह हो । उनी सो क्षेत्रबाट विस्थापित भएर सुरुङा सरेका हुन् । विश्वकर्माको छोरी विवाह गरेका थापा अन्तरजातीय विवाहका कारण विस्थापित हुनुपरेको थियो ।
एमालेको मजदुर क्षेत्रमा नेतृत्व गर्दै राजनीतिमा सक्रिय भएका थापा मजदुर विशेष जिल्ला कमिटी झापामा पहिलो र अन्तिम प्रमुख भएर काम गरेका थिए । कम्युनिष्ट आन्दोलनको क्रममा भूमिगत भएका थापाले पहिलो पटक मन्त्रीको जिम्मेवारी पाएका छन् । उनले सांसद्मा पनि पहिलो पटक जितेका हुन् ।

सामान्य जीवनशैली र एमालेको राजनीतिमा इमान्दार नेताका रुपमा स्थापित थापा आठौं महाधिवेशपछि मेची अञ्चल कमिटीको सचिवको जिम्मेवारी सम्हालेका थिए । उनी अहिले एमालेको प्रदेश १ कमिटी सदस्य छन् । आठौं महाधिवेशसम्म झलनाथ खनाल, माधव नेपाल क्याम्पबाट राजनीति गर्दै आएका उनी नवौं महाधिवेशन पछि केपी ओलीको लाइनमा रहेर काम गरिरहेका छन् ।

प्रकाशित मिति : भाद्र ३०, २०७८ बुधबार  ७ : २६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]