बैशाख २१, २०८१ शुक्रबार

निजामती कर्मचारी सङ्गठनको राष्ट्रिय भेला हुँदै

काठमाडौं । निजामती कर्मचारीका हकहित र समसामयिक सवालमा छलफल गर्न नेपाल निजामती कर्मचारी सङ्गठनले आगामी असोज २ गते काठमाडौँमा राष्ट्रिय भेलाको गर्ने भएको छ ।

नेकपा (एमाले) निकट मानिने उक्त सङ्गठनले पार्टी विभाजनले आफ्नो क्षेत्रमा खासै असर नपरेको जनाउँदै मूल प्रवाहबाट नबारिहन भेलाबाट आह्वान गर्न लागेको हो । यो सङ्गठनले आधिकारिक ट्रेड युनियनमा बहुमत सङ्ख्यामा प्रतिनिधित्व गर्दै आएको छ । भेलामा यसअघि युनियनमा प्रतिनिधित्व गर्नेका बारेमा पनि समीक्षा हुने जनाइएको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने र देशभरका निकायबाट करिब एक हजार कार्यकर्ता सहभागी हुनेछन् । भेलाकै अवसरमा नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका उपाध्यक्ष अम्बिका धमला र प्रभातप्रसाद साहसहित उक्त सङ्गठनका करिब १०० जना केन्द्रीय सदस्य आफ्नो सङ्गठनका एकताबद्ध हुने सङ्गठनका अध्यक्ष केदार देवकोटाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : भाद्र ३०, २०७८ बुधबार  ८ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]