बैशाख २५, २०८१ मंगलबार

गौरीगञ्जको बजेट ५२ करोड ७२ लाख सार्वजनिक

गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ को लागि ५२ करोड ७२ लाख ३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।


गत आर्थिक वर्षको तुलनामा ८ करोड २१ लाख रुपैयाँ बढी बजेट विनियोजन गरिएको छ । गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले आफ्नो कार्यकक्षमा आयोजित पत्रकार सम्मेलनमा चौथो गाउँसभा सम्पन्न भएको करिब एक महिना पछि बजेट सार्वजनिक गरेका हुन् ।

बजेट सार्वजनिक गर्ने पत्रकार सम्मेलनमा गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ, उपाध्यक्ष दिपिन्द्र थापा, प्रशासकीय अधिकृत राजकुमार शाक्य, वडा नं. ५ का अध्यक्ष विजय कुमार सिंह, कार्यपालिका सदस्य जेठा मुर्मू, वडा सदस्य राजेन्द्र ताजपुरिया उपस्थित रहेका थिए ।


‘कृषि, शिक्षा, स्वास्थ्य, उद्योग व्यापारमा उन्नति, पूर्वाधार विकाससहित गौरीगञ्जको समुन्नति’ नारा तय गरेको गाउँपालिकाकाले चालु खर्च तर्फ ७ करोड ६६ लाख रुपैयाँ, पुजिगत खर्चतर्फ १५ करोड ९५ लाख ५३ हजार रुपैयाँ, गत आ.व. को दायित्व उपभोक्ता समिति तथा अन्य खरिद २ करोड ८५ लाख, गत आ.व. को दायित्व ठेक्का तथा खरिद २ करोड १० लाख, गत आ.व.को श्रोत सुनिश्चित कार्यक्रम २ करोड ५५ लाख ७० हजार, सामाजिक सुरक्षा ८ करोड र सर्शत १२ करोड ९५ हजार रुपैया“सहित बजेट सार्वजनिक गरिएको थियो ।


गौरीगञ्ज गाउँपालिका चौथो गाउँसभाबाट सार्वजनिक गरेको नीति र कार्यक्रम अनुसार गौरीगञ्ज क्षेत्र विकासोन्मुख कै अवस्थामा रहेकाले सडक, पुल कल्भर्ट निर्माण, भन्सार कार्यालयलाई स्तारन्नोति गर्ने पहलका साथै यस क्षेत्रका वासिन्दाको जिवन स्तर उकास्न कृषि, शिक्षा, स्वास्थ्य, पशुलगायत क्षेत्रलाई समेटेर बजेट सार्वजनिक गरिएको छ ।


गाउँपालिकाको ६ वटै वडालाई अलग–अलग गरी वजेट सिलिङ्गमार्फ सम्बोधन गरिएको छ । गाउँपालिकाको १ नं. वडाको लागि ८० लाख रुपैयाँ वजेट विनियोज गरिएको छ भने वडा नं. २ लाई ७२ लाख, वडा नं. ३ लाई ६४ लाख, वडा नं. ४ लाई ६० लाख, वडा नं. ५ लाई ६० लाख, वडा नं. ६ लाई ६४ लाख रुपैयाँ बजेट विनियोज गरिएको छ ।

प्रकाशित मिति : श्रावण १५, २०७६ बुधबार  ७ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]