बैशाख २८, २०८२ आईतबार

बिर्तामोडको भगवान चोकमा ठुलो दुर्घटना टर्यो

बिर्तामोड । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत बिर्तामोड–२ भगवान चोकमा ठुलो दुर्घटना टरेको छ । सडक छेऊमा रहेको रुख ढलेपनि मानवीय क्षति नभएको झापा ट्राफिकले जनाएको छ ।

पुरानो तर ठुलो रुख ढलेको छ, प्रत्यक्षदर्शी गायक राजवंशीले भने – धन्न कसैलाई लागेन । सडक व्यस्त भएको बेला ढलेको रुपमा कोहि कसैलाई लागेको छैन । मुख्य सडक मै ठुलो रुख ढलेपछि आवातजावतमा कठिनाइ भएको छ । पश्चिममा लक्ष्मीपुरदेखि सवारी जाम भएको राजवंशीले जानकारी दिए । झापा ट्राफिकका याम बहादुर खड्काले आवातजावत खुलाउने काम शुरु भएको जानकारी दिए । अहिले रुख काट्न थालिएको छ ।

प्रकाशित मिति : भाद्र ३१, २०७८ बिहीबार  ६ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]