चैत्र १५, २०८० बिहीबार

महिला एसियन कप छनोट : नेपालले आज फिलिपिन्ससँग खेल्दै

काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ को छनोटमा नेपालले आज (शनिबार) फिलिपिन्ससँग खेल्दैछ । खेल दिउँसो पौने ४ बजे उज्वेकिस्तानको जेएआर स्टेडियमा शुरु हुनेछ ।

हिजो भएको पत्रकार सम्मेलनमा नेपालका प्रशिक्षक ग्यारी फिलिप्सले आफूले नयाँ र चुस्त टिम तयार पारेकाले राम्रो नतिजा आउनेमा ढुक्क रहेको बताएका छन् । छनोट अन्तर्गत नेपाल रहेको समूहमा फिलिपिन्स र हङकङ रहेका छन् ।

समूहको शीर्ष स्थानमा रहने टोलीले अर्को वर्षको फेब्रुअरीमा भारतमा हुने महिला एसियन कप खेल्न पाउनेछ । छनोट अघि नेपालले काठमाण्डौमा बङ्गलादेशसँग २ वटा मैत्रीपूर्ण खेल खेलेकोमा एकमा जित र एकमा बराबरीको नतिजा निकालेको थियो ।

प्रकाशित मिति : आश्विन २, २०७८ शनिबार  ८ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]