बैशाख २८, २०८२ आईतबार

त्यस्ता व्यापारीलाई कारवाही गर

सम्पादकीय
विश्वकर्मा पुजा सकिएको छ । अब सोह्र श्राद्ध शुरु हुदैछ । त्यसपछि दशै र तिहार आउने छ । चाडवाडको माहोल लगभग शुरु भइसक्यो । हुने खानेले किनमेल गर्न थालिसके । हुँदा खानेलाई दशैंको पीरले सताउन थालिसक्यो । कोरोना महामारीले श्रम गर्न नपाएकाहरु चाडवाडको पूर्वसन्ध्यामा चिन्तित हुनुपर्छ । बजारको भाउ र श्रमको ज्याला विच असाध्यै असमानता छ । जसका कारण चाडवाड रमाइलोका बिच खल्लो पनि हुने गर्छ । यसलाई सबैले मितव्ययी भएर मनाउनुपर्छ ।

चाडवाड लागेपछि बजारमा सरकारी कर्मचारीको घुमफिर पनि शुरु भएको छ । वर्षभरि व्यापारीले आफ्नै मर्जी गरे पनि चाडवाडमा राज्य संयन्त्रबाट तर्साउने काम हुन्छ । यसलाई सरकाी भाषामा अनुगमन भन्ने गरिएको छ । आम उपभोक्ताको चहाना सधै अनुगमन भइरहोस् भन्ने हो । तर, चाडवाड लक्षित अनुगमनले खासै प्रभाव पार्दैन । एकाध पसलको अनुगमन यसै पनि प्रभावकारी मान्न मिल्दैन । उपभोक्ता पुग्ने हरेक व्यवसायमा अनिवार्य अनुगमन भएको हुनुपर्छ । नभए, उपभोक्ता अवश्य ठगिन्छन् । उनीहरुको खरिद सुरक्षा गर्ने दायित्व राज्य कै हो ।

व्यापारी कोरोना महामारीले मारमा परेका छन् । उनीहरुको व्यवसाय डुवेको छ । लगानीबाट आम्दानी गर्न सकिरहेको अवस्था छैन । बैंक व्याजले व्यापारी तनावमा छन् । यसको मतलव सबै तनावबाट मुक्ति पाउन उपभोक्तालाई ठग्नुपर्छ भन्ने होइन । व्यापारीले इमान्दारिताका साथ उपभोक्तालाई सेवा प्रदान गर्नुपर्छ । उपभोक्ताले पनि आफुले खरिद गर्ने हरेक वस्तुको गुणस्तर, म्याद लगायतलाई ख्याल गर्नुपर्छ । व्यापारीले लामो समय विग्रिएर राखेको खाद्यान्नमा नयाँ मिसाएर विक्रि गर्न सक्छन् भन्ने गलत मानसिकता त्याग्न सक्नुपर्छ । त्यसका लागि व्यापारीको इमान्तारिता खाँचो छ । बाँकी दिनहरुमा समेत निरन्तर अनुगमन होस् । बिर्तामोडमा केहि दिनअघि अनुगमन भयो । अनुगमनमा म्याद गुज्रेको सामान भेटियो । व्यापारीलाई मौखिक रुपमा सचेत गराइएको छ । उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने व्यापारीलाई कारवाहीको दायरामा ल्याउनै पर्छ ।

प्रकाशित मिति : आश्विन ३, २०७८ आईतबार  ८ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]