चैत्र १६, २०८० शुक्रबार

कांग्रेस सरकारद्वारा झापाका ६० सडक आयोजना खारेज

झापा । शेर बहादुर देउवा नेतृत्वको वर्तमान सरकारले झापाको ६० वटा सडक आयोजना कटौती गरेको छ । केपी शर्मा ओलीको गृह जिल्लामा देउवा सरकारले बजेट अभाव देखाउँदै सकड आयोजना खारेज गरेको हो । तत्कालिन ओली सरकारले सुरु गरेका १४ सय भन्दा बढी सडक आयोजना बजेट अध्यादेश प्रतिस्थापन विधेयकमार्फत कटौती गरिएको छ । त्यसमा झापाका मात्रै ६० वटा सडक परेका छन् ।


देउवा सरकारले बजेट नभएको भन्दै विकास योजना नै खारेज गरेको छ । जसका कारण लाखौं नागरिकलाई आवतजावतमा सहज बनाउने ओली सरकारको योजनालाई देउवा सरकारले कैंची लगाएको छ । यसरीले खारेजमा पर्ने झापाका सडक आयोजनाहरुमा बिर्तामोड सैनिकबजार सैनिक चोक गोलधाप राजगढ भारत सीमा सडक, लक्ष्मीपर घैलाडुब्बा फेरावासी सीमा सडक, सतासीधाम मिन्दर –झिलिझले हँुदै–हवल्दार चोक जनता चोक हँदै–होकलबारी–इन्डिया बोडर सडक, वितार्बजारबाट मियाबारी हँुदै बुट्टावारी जाने बाटा, गरामनी गोलधारा भुटानी शरणार्थी शिविर पुवातुवारी चारआली सडक, शरणामती खालिङ चोक देखि ९ कि मि जंङगे पिलरसम्मको कालोपत्रे सडक, महेन्द्र राजमार्ग –रतुवा पुल पश्चिम – बालुवाटार चकर्पथ धरान टोल, शनिश्चरे बजार सडक, लखनपुर मंगलबारे मयुरभिट्टा शिवगंज सडक, गौरादह मिलनचोक फकिरदिप खजुरगाछी फत्तेपुर सडक , गौरादह बैगुनधुरा कोरावारी सडक , दमक सेतुमारी सडक , पाठामारी वालुवारी सडक , पथरिया सुकुनाडिगी चौक देखि बगान बजार हुँदै घेरावारी गाविस कायार्लयसम्मको सडक, धरमपुर ५ मंगलवारे बस्नेत टोल सडक, दमक चियादोकान दहदा सेतिमारी बालुबथान गौरादह ड्रेन सहित कालोपत्रे रहेको छ ।


यसैगरी दमक बुद्ध चौक हिमावि ढुकुरपानी गोलाटार मोरङको महेश चौक मधुमल्ला टांडी ड्रेन सहित कालोपत्रे, कोहवरा शनिश्चरे बालुवथान महारानीजोडा गौरादह बैगुनधुरा हुदै शिवगंज जाने बाटो कालोपत्रे गौरादह ५, विर्तामोड शनिश्चरे बुधबारे सडक, महेन्द्र राजमार्ग धईजनमोड दुवागढी गाबिस कार्यालय कृष्ण प्रणामी मिन्दर पाथुवारी भद्रपुर, नगरपालिका सडक, (भद्रपुर १२ –हाल भद्रपुर ९) मेची राजमार्ग लक्ष्मीचोकबाट मेथीबारी अस्मिता चियाबगान हँदुै ज्यामिरेगल्लि सडक, पारिजात चोकबाट श्रीकृष्ण प्रणामी भद्रपुर १२ –हाल भद्रपुर ९) हुँदै मेची पुलसम्मको सडक, दमक कृष्णमिन्दर पिङ डाँडा धरानटोल सातोमारा आमबारी हुँदै मोरङको इटहरा जोड्ने सडक, कोहबारा ग्वालडुब्बा महाभारा सडक कालोपत्रे आयोजना देउवा सरकारको खारेजीमा परेको छ ।

गौरादह तिनको गुराँसचोकबाट पश्चिम मझुवा दोरामारी चप्रामारी हुदै मोरङको झुनामारी जोड्ने सडक अजुर्नधारा नपा साविक गरुवाचोकबाट इलाम लक्ष्मीपुर भालुखोप जोड्ने सडक, भद्रपुर नपा ७ डाँफेचोकबाट काली मिन्दर मार्ग, दशरथ मार्ग हँदै अन्जनी मोड जोड्ने सडक, बिर्तामोड नपा मुक्तिचोक हुँदै शनिश्चरे जयपुर बुधबारे सडक, खोपवाडीबाट बारघरे स्कुल डाँडा देवनीया चोक सेन्ट जेभियर्स किसानभिट्टा केयर कुवारे गरामनी बजार हुँदै भसावारी सडक, भद्रपुर ९ देवकोटा चोक मेथीबारी मार्ग सातपाखे, कमल गाउँपालिका गुहाबारी स्कुल –रंगपुर–बार्हघरे–स्कुलचौन बजार–ज्ञानबहादुर चोक –दामुन हुँदै खजुरगाछीको दाम्रिभिट्टा जोड्न सडक कालोपत्रे , कमल गापा को क्याम्पा हुँदै समयगढ – गौरादह – हासखोला ठकठके–ठेकीतोला सडक कालोपत्रे, विर्तामोड भद्रपुर सडक खण्डको नेपालचोक हुँदै विर्तामोड ७ को रजनीध्वज मार्ग डाडागाउँको रेखाचोक सम्मको करिब ५ किमि सडक कालोपत्रे बनाउने ओली सरकारको योजनामा वर्तमान सरकारले कैची हानेको छ ।

कन्काई नपा ४ कोटीहोम, त्रिवेणी मार्ग टेक्रा, रुधिला लालपानी हँुदै मदरगाछ बजार जनकल्याण मा.बि. सम्म सडक कालोपर्ते निमार्ण , शिवसतासी ४ जनता बजार, पाथीभरा स्कूल बोलोचोक, ओडारीचोक, गद्दीगाउँ, माहाभाराचोक, कुन्जीबारबजार, भन्सार हँुदै बिरपुरसम्म, डिपु– खरेल डाँडा –बरगाछी जामवाडी–गौरीगञ्ज खानेपानीसम्मको सडक, पाण्डे कामत पश्चिम गिरी टोल बगुवा बेलडाँगी बगाह चोक सडक कालोपत्रे र्, गौरादह ४ र ५ स्कूलचौन डोरामार बनियानी टोल गौरीगञ्ज सडक , गौरादह ४ जोरघरे दक्षिणबाट मैदान घोपा रंगपुर जोड्ने देवि मार्ग सडक, दमक पूव–पश्चिम राजमागर्बाट शहिद रत्नकुमार बान्तवा भवन– दमक सभाहल चन्द्रमा चोक हुँदुै सेतुमारी जोड्ने सडक कालोपत्रे, कमल गा.पा. २ को अधिकार टोलस्थित छाता चोक देखि सुनहरा हँदै बैगनधुरा सडक कालोपत्रे , बितामोड २ चैतबारी देखि महारानी चोक हुँदै बिहीवारे बजारसम्मको सडक स्तरोन्नति , चैैतुबारीबाट बिहीबारे, बुधबारे बाहर्दशी गा.पा. ५ कला मार्ग, मोती मा.वि. चोकबाट देवीथान किस्ने खोलासम्मको सडक कालोपत्रे, मेची न.पा. ७ बासबारी मार्गमा पक्की नाली निमार्ण, मेचेडाँगी तिरिङ हँुदै पातापुर झापा मदन भण्डारी लिंक रोड सडक, गरामनी–बैशु मार्ग, चारआली व्यारेक सडक स्तरोन्नति, बितामोड–शनिश्चरे–जयपुर –बुधबारे सडक कालोपत्रे , धुलाबारी मंगलबारे गणेश मा.वि. टिमाइ पुल आइतबारे कालोपत्रे निर्माण रोकेको छ ।

काँकरभिट्टा बसपार्कबाट दक्षिण सतिघट्टा जाने सडक खानेपानी कायार्लयबाट अगाडी दक्षिण पूर्व जाने दोस्रो बाटो विश्वनाथ पुग्ने बाटो मेचीनगर ६, गौरीमाया पुलदेखि ढकाल चोक सडक शिवसतासी १, शिवसतासी ११ नहरचोक गार्डेन लेयार्स फर्म बरपपल चोक, सुखानी सहिद पार्क नरमाया मार्ग तीनपाने बाली गाउँ सडक अजर्नधारा, भृकुटी बजार पितृ चोक दिपज्योत बरपीपल मेचीनगर, दमक ८ रुपाचोक शिखर टोल दिपेनी मार्ग सडक झापा र काठेलाईनबाट दिपेनी मार्ग दमकलाई देउवा सरकारले निर्माण नहुने गरि खारेज नै गरेको छ ।

प्रकाशित मिति : आश्विन ४, २०७८ सोमबार  ८ : २७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]